डिशहोम फाईवरनेटको सह–वितरण सोरुम टिकाथलिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

डिशहोम फाईवरनेटको सह–वितरण सोरुम टिकाथलिमा



काठमाडौ । टिकाथलिबाट डिशहोम फाईवरनेटको सह–वितरण सोरुम सञ्चालनमा ल्याइएको छ । डिशहोम फाईवरनेटले काठमाडौंको टिकाथलिमा सह-वितरण सोरुमको सुभारम्भ गरेको जानकारी गराएको छ । फागुन ४ देखी डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्नेछ ।

लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको टेककेयर टेक्नोलोजिले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिने जारी विज्ञप्तिमा उल्लेख छ ।

२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको टेककेयर टेक्नोलोजिले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी नयाँ सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजिका संचालक दिपक थापाले जानकारी दिए ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार १७:४३