अब ग्लोबल आईएमई बैंकले सीआश्वा शुल्क लिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब ग्लोबल आईएमई बैंकले सीआश्वा शुल्क लिने



काठमाडाैं । ग्लोबल आईएमई बैंकले आश्वा शुल्क लिने भएको छ । बैंकले आज फागुन ४ गतेदेखि निष्काशन हुने धितोपत्र खरिद (सार्वजनिक निष्काशन) मा प्रति आवेदन रु. १५ शुल्क निर्धारण गरेको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ ‘विगत लामो समय देखि निःशुल्क रुपमा सीआश्वा सेवा उपलब्ध गराईरहेकोमा मिति २०७८/११/०४ गते उप्रान्त निष्काशन हुने धितोपत्र खरिद (सार्वजनिक निष्काशन) मा प्रति आवेदन रु. १५ शुल्क निर्धारण गरिएको व्यहोरा जानकारी गराउँदछौं । यसवाट हाम्रा आदरणीय ग्राहक महानुभावहरुमा कुनै असविधा पर्न गएमा बैंक क्षमाप्रार्थी छ।’

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार ११:५१