दाङमा २ करोडको लगानीमा युवाहरुले खोले निर्माण सामग्री जाच्न सिभिल ल्याव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

दाङमा २ करोडको लगानीमा युवाहरुले खोले निर्माण सामग्री जाच्न सिभिल ल्याव



दाङ । निर्माण सामग्रीको जाच गर्न दाङमा अत्याधुनिक सिभिल ल्याब स्थापना गरिएको छ । जिल्लामा पहिलोपटक निजिस्तरबाट युबाहरुले २ करोडको लगानि गरेर ल्याब सन्चालनमा ल्याएका हुन । गुणस्तरहिन काम भएको हो हैन भनेर पत्ता लगाउने प्रयोगशाला जिल्लामै स्थापना भएपछि सहजता थपिएको हो । दाङ इञ्जिनियरिङ्ग एण्ड कन्सल्टेन्सी प्रालीले सिभिल ल्याव सञ्चालनमा ल्याएपछि अब प्रयोगशालाबाट परिक्षण गरेर भौतिक पूर्वाधारको गुणस्तर मापन गर्न सकिने भएको छ ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई लक्षित गरेर निजि क्षेत्रबाट ल्याव स्थापना गरिएको प्रालिले जनाएको छ । नमुना बोकेर केन्द्रीय प्रयोगशाला काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको कन्सल्टेन्सीका सञ्चालक संगम पौडेलले बताए ।

माटो, गिट्टी, सिमेन्ट, ईट्टा, बिटुमिन लगायत सबैका परिक्षण गर्न सकिने पौडेलले बताए । सडक, पुल, भवन लगायतका पूर्वाधार निर्माण गर्दा त्यसमा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर मापन गर्न ल्याब स्थापना भएपछी सजिलो हुने बताउदै पौडेलले भने-` निर्माणको काममा प्रयोग हुने फलामको छड देखी ईट्टा सम्मको जाँच गर्न सकिने भएको छ । स्टिमेट भन्दा बाहिरको काम गर्ने, योजना टिकाउ नहुने समस्यालाई खबरदारी गर्न ल्यावबाट प्राप्त हुने रिपोर्टले खबरदारी गर्ने छ । योजना सञ्चालन गर्नुपूर्व त्यसमा प्रयोग हुने सिमेन्ट, छड, गिट्टी, बालुवा, ईट्टा, माटो सबैको परिक्षण गर्ने र त्यो रिपोर्टको आधारमा काम गर्दा उपयोगी हुने छ ।´

लमही नगरपालिका वडा नम्बर ४ मा झण्डै २ करोडको लगानीमा प्रयोगशाला स्थापना भएको छ । पाँच जना युवा इञ्जिनियरहरु मिलेर यो ल्याब स्थापना गरेका हुन । पूर्वाधार निर्माणमा प्रयोग हुने माटो, ढुंगा, इट्टा, फलामको डण्डी, अलकत्र, सिमेन्टको गुणस्तर लगायतको मापन गर्ने गरिएको छ । ल्याव स्थापना भएपछी सजिलो भएको निर्माण व्यवसायी मिलन डाँगीले बताए।


यसरी ल्याव परिक्षण गर्दा कामको गुणस्तर बढ्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।’ ‘स्थानीय सरकारले गर्ने पूर्वाधार निर्माणको कामको नमुना जाँच हुन्छ ।’ नगर प्रमुख कुलबहादुर केसीले ल्यावको उद्घाटन गर्दै सिंगो लुम्बिनी प्रदेशले पूर्वाधार निर्माण र गुणस्तरीय काम गर्न ल्यावले मद्धत पु¥याउने विश्वास व्यक्त गरे ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार १८:४२