युनाइटेड मोदीले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

युनाइटेड मोदीले लाभांश नदिने



काठमाडाैं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ l कम्पनीले फागुन २६ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो l

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ l फागुन ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् l कम्पनीले लाभांश प्रस्ताव गरेको छैन l

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. कम्पनीको सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) संचालक पदको निर्वाचन सम्बन्धमा । कम्पनी ऐन २०६३ को दफा ८६(२) को व्यवस्था बमोजिम उल्लिखित २ (दुई) पद मध्ये १ (एक) पद महिला शेयरधनीको लागि आरक्षित गरिएको छ।

५. अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने।


६. कम्पनीको उद्देश्य थप गर्ने ।

७. कम्पनीमा संस्थापक शेयर समेत सर्वसाधारण शेयरमा परिणत भईसकेकाले सो सम्बन्धी प्रावधानहरू लगायत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

८.कम्पनीको हाल कायम रहेको सञ्चालकहरूको संख्या ११ जनाबाट घटाई ७ जना कायम गर्ने सम्बन्धमा ।

९. स्वीकृत नियमावलीको दफा १८ (६) मा भएको त्रुटि संशोधन गर्ने सम्बन्धमा।

१०. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरू कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार १०:३७