प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता



काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेकाे माओवादी नेता देव गुरुङले आयोमेललाई जानकारी दिए।

महाअभियोगका प्रस्तावकमा सांसदहरू देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ रहेकाे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएकाे छ। देउवा सरकार विस्तारका बेला मन्त्रिमण्डलमा समेत भाग खोजेको विषयले विवादमा परेपछि उनको राजीनामा माग्न थालिएको थियो।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेका थिए भने नेपाल बार एशोसियसनको नेतृत्वमा १ सयभन्दा बढी दिन आन्दोलन भएको थियो। तर राणाले आफू बरु महाअभियोगको सामना गर्ने तर राजीनामा नदिने अडान राख्दै आएको थिए।

प्रकाशित : १ फाल्गुन २०७८, आईतवार १२:३१