पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन २०७८ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन २०७८ जारी



काठमाडाैं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन २०७८ जारी गरेको छ । राष्ट्र बैंकले बिहिबार हाल एक मात्र पूर्वाधार विकास बैंकको रुपमा रहेको निफ्रालाई एकिकृत निर्देशन जारी गरेको हो ।

यस अघि पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ तथा सो पश्चात २०७८ माघ २६ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकत गरी एकीकृत निर्देशन, २०७८ जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । एकिकृत निर्देशनमा १९ विषय रहेका छन् ।

एकिकृत निर्देशनमा पुँजी तथा पुँजीकोष सम्बन्धी व्यवस्था, कर्जा तथा सुविधा सम्बन्धी व्यवस्था, एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट तथा सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्था, लेखा नीति तथा वित्तीय विवरणहरूको ढाँचा सम्बन्धी व्यवस्था, कारोबारमा निहित जोखिम न्युनीकरण गर्ने सम्बन्धी व्यवस्था, संस्थागत सुशासन सम्बन्धी व्यवस्था सूपरिवेक्षकीय निर्देशन लागु गर्ने कार्य तालिका सम्बन्धी व्यवस्था, लगानी सम्बन्धी व्यवस्था तथ्याङ्क विवरण सम्बन्धी व्यवस्था, संस्थापक सेयर नामसारी वा खरिद बिक्री वा हक हस्तान्तरण सम्बन्धी व्यवस्था, सह-वित्तीयकरण कर्जा सम्बन्धी व्यवस्था कर्जा सुचना तथा कालोसुची सम्बन्धी व्यवस्था, अनिवार्य मौज्दात वैधानिक तरलता सम्बन्धी व्यवस्था, शाखा क्षेत्रीय कार्यालय खोल्ने सम्बन्धी व्यवस्था, ब्याजदर सम्बन्धी व्यवस्था, वित्तीय स्रोत संकलन सम्बन्धी व्यवस्था, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था, वित्तीय ग्राहक संरक्षण सम्बन्धी व्यवस्था र विविध व्यवस्था समावेश छन् ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार ११:०१