डिशहोम फाइबरनेटले ल्यायो ६ सय एमबीपिएस स्पीडको मेगा–फाई इन्टरनेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिशहोम फाइबरनेटले ल्यायो ६ सय एमबीपिएस स्पीडको मेगा–फाई इन्टरनेट



काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाई फाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ। डिशहोमले ल्याएको वाई फाई ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

यस राउटरमा आर्टिफिसियल इन्टलिजेन्स, गिगाबिट एक्सेस, ड्युल ब्याण्ड स्मार्ट स्टिरिंग, सिमलेस रिमिंग, मल्टी लेभल प्रोटेक्सन, मोर कनेक्सन एण्ड मेश नेटवर्किंग जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १५:०६