धनगढीमा डिशहोम फाइबरनेट सहवितरकको शोरुम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

धनगढीमा डिशहोम फाइबरनेट सहवितरकको शोरुम

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

धनगढी । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सहवितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरिएको हो ।

सो शोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ । शोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको श्री कृष्ण इन्टरप्राइजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।

एक सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको श्री कृष्ण इन्टरप्राइजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने श्रीकृष्ण इन्टेरप्राइजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार १५:५८ 8 February, 2022 3:58 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।