राष्ट्र बैंक एक्सनमा: शंकास्पद कारोबार गर्नेहरु कडा निगरानीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंक एक्सनमा: शंकास्पद कारोबार गर्नेहरु कडा निगरानीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार गर्नेलाई निगरानी गर्न थालेको छ । कारोबार गर्ने रकमको सीमा पनि तोकेको छ ।

राष्ट्र बैंकले सात लाख रुपैयाँभन्दा माथिको नगद कारोबारको अनुसन्धान थालेको जनाएको हो । हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाबाट १० लाख भन्दा बढी रकम निकाल्न पाइँदैन ।

पछिल्लो दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैंकले कडाइ गरेको हो ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पति शुद्धीकरण अनुगमन इकाइले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरूलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रतिकारोबार सात लाख र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन आग्रह गरेको छ ।

प्रकाशित : २० माघ २०७८, बिहीबार १५:११