बलेफी हाइड्रोपावरले माघ २७ गतेबाट आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बलेफी हाइड्रोपावरले माघ २७ गतेबाट आईपिओ निष्काशन गर्ने



काठमाडौं । बलेफी हाइड्रोपावरले माघ २७ गतेबाट आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय तहका स्थानीय जनताको लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

बलेफी हाईड्रोपावर कम्पनीले कूल ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँको ३६ लाख ५५ हजार ९४० कित्ता आईपिओ जारी गर्दैछ । सो मध्ये कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावितहरुलाई आईपिओ वितरण गरिसकेपछि दोस्रो चरणमा बाँकी रहेको १८ लाख २७ हजार ९७० कित्ता शेयरको कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।

हाल स्थानीयबासीको लागि निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपिओमा सोही क्षेत्रमा बसोबास गरेका स्थानीय जनताले मात्रै आवेदन भर्न पाउनेछन् । त्यसको लागि मेरो शेयरबाट आवेदन गर्न पाइने छैन । बरु स्थानीय बैंक तथा वित्तिय संस्थाबाटै आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

निष्काशन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ । आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बै)कको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २० माघ २०७८, बिहीबार १०:०९