आईएमई जनरल इन्स्योरेन्स २२औँ वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

आईएमई जनरल इन्स्योरेन्स २२औँ वर्षमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी आफ्नो गौरवमय २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको सो कम्पनी एक दशक अगाडि आईएमई ग्रुपले ठूलो हिस्सा शेयर खरिद गरेपछि २०७४ मंसिर ७ मा नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स कम्पनी बनाइएको थियो ।

कम्पनीको मुख्य प्रवद्र्धकमा एनबी ग्रुप रहेको थियो । २२औं वर्ष प्रवेशको उपलक्ष्यमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझै स्वस्थ प्रतिस्पर्धाका साथ बीमा बजारमा आफ्नो उपस्थिति जनाउने प्रतिबद्धता जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ युगेशभक्त वादे श्रेष्ठले २२औं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई प्रविधिमैत्री बनाई आम जनतालाई सरल रुपमा बीमा सेवा प्रवाह गर्ने, बीमाको पहुँच बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । बीमितलाई स्तरीय सेवा, लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिने गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : १९ माघ २०७८, बुधबार १७:१९ 2 February, 2022 5:19 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।