सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा



काठमाडौं । सोनाम ल्होछारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। ल्होछारको अवसरमा जिल्लाको रोशी गाउँपालिका र तेमाल गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएका हुन् ।

रोशी गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछारको अवसरमा आगामी माघ १८, १९ र २० गते गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

त्यस्तै तेमाल गाउँपालिकाले पनि ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको माघ १३ गतेको निर्णयअनुसार ल्होछारको अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गतका सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहने गाउँपालिका अध्यक्ष सलाम सिं लामाले बताएका छन् ।

प्रकाशित : १७ माघ २०७८, सोमबार १५:२८