अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड ट्रेड सेन्टरमा भर्चुअल माध्यमबाट आफ्नो चौथो वार्षिक साधारण सभा गर्न लागेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले माघ २४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै माघ २३ गतसम्म कायम सेययरधनीहरु उक्त सभामा भाग लिन योग्य मानिनेछन् ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को साधारण सभा डाकेको हो । उक्त सभामा इन्स्योरेन्सले लाभांश तथा हकप्रद लगायतको कुनै पनि प्रस्ताव लगेको छैन । यससँगै योपालि इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने देखिन्छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्दै छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको विभिन्न वित्तीय विवरण पनि पारित गर्ने छ । र, चालु आर्थिक वर्ष २०७८/७९ को लागि वर्तमान लेखापरीक्षकलाई नै पुनः नियक्ति दिने इन्स्योरेन्सले जनाएको छ ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार १३:५६