कालिन्चोक दर्शनले साधारण शेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिन्चोक दर्शनले साधारण शेयर जारी गर्ने



काठमाडाैं । कालिन्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासहितलाई उक्त परिमाण्को साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

आईपीओ निष्कासन सम्बन्धी सम्झौतामा कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्तारक्ष गरेका छन ।

प्रकाशित : १३ माघ २०७८, बिहीबार १७:३१