नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बीमा

नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा



काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहीबार ११:२३