१६ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो,१२ देखि १७ बर्ष उमेरका बालबालिकालाई लगाईने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

१६ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो,१२ देखि १७ बर्ष उमेरका बालबालिकालाई लगाईने



काठमाडौं । १२ देखि १७ बर्ष उमेरका बालबालिकालाई लगाईने १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आईपुगेको छ । विश्व बैंकको आर्थिक सहयोगमा मंगलबार उक्त खोप नेपाल आईपुगेको हो ।

कोभ्याक्स लागत साझेदारी परियोजनामार्फत ल्याईएको उक्त खोप खासगरी बालबालीकाका लागि आवश्यक मानिएको छ ।

कोभ्याक्स लागत साझेदारी परियोजनमार्फत खोपको व्यवस्था मिलाउने नेपाल दोस्रो राष्ट्र हो । मोडर्ना खोपको समयमै आपुर्तिले १२ देखि १७ बर्षका युवा, बालबालीकालाई खोप लगाउन सहयोग पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताए । उनले विश्व बैंकको सहयोगले सबै जनतालाई खोपको पहुँचमा पुर्याएको कार्यमा सहयोग पुगेको बताए ।

विश्व बैंकले जनवरी १२ मा कोरोनाका विरुद्धको आवश्यक तयारीका लागि १ करोड ८० लाख डलर आर्थिक सहयोगको घोषणा गरेको थियो ।

प्रकाशित : ११ माघ २०७८, मंगलवार १३:४२