सिवाईसी नेपाल लघुवित्तको नाफा ६० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिवाईसी नेपाल लघुवित्तको नाफा ६० प्रतिशतले बढ्यो



काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको नाफा ६० प्रतिशतले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ५ करोड ८१ लाख रुपौयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधीमा लघुवित्तले ३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चुक्ता पुजी ८ करोड २१ लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोषमा १५ करोड २८ लाख रुपैयाँ छुटाएको छ । समिक्षा अवधीमा लघुवित्तको खुद ब्याज आम्दानी ५४.१४ प्रतिशत लेबढेको छ भने सञ्चालन नाफा २३.२१ प्रतिशतले घटेको हो ।

लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले गत असोज ११ गते बोर्डमा आवेदन दिएको थियो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ ।

चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको लघुवित्तको आईपीओ निष्कासन पश्चात चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ पुग्नेछ । बाग्लुङ्गमा केन्द्रीय कार्यलय रहेको लघुवित्तले ३७ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गदै आएको छ । सो कम्पनी आईपीओ निष्काशनको पाइपलाईनमा रहेको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलवार १२:४१