एक अर्ब २६ करोड रुपैयाँको आइपीओ आउदै, कसको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

एक अर्ब २६ करोड रुपैयाँको आइपीओ आउदै, कसको कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले विभिन्न छ कम्पनीलाई साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति दिएको छ ।


बोर्डले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपाल लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न असार २० गते सेबोनमा निवेदन पेश गरेको थियो । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबोनमा निवेदन दिएको थियो । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरेको थियो । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको थियो । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

इमर्जिङ्ग नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असार १७ गते सेबोनमा निवेदन दिएको थियो । कम्पनीले यसअघि नै निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रकाशित : १० माघ २०७८, सोमबार १३:०६