माछापच्छ्रे कृति क्यापिटलमा कामु सिइओको जिम्मेवारी शर्मालाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापच्छ्रे कृति क्यापिटलमा कामु सिइओको जिम्मेवारी शर्मालाई



काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यको राजिनामा स्वीकृत भएको छ । कम्पनीको लिमिटेडको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्मालाई अर्को व्यवस्था नभए सम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

शर्मालाई मिति २०७८ साल माघ १ गतेबाट लागू हुनेगरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टस् लि.संगको गभिने प्रक्रियमा अग्रेणी भूमिका निर्वाह गर्नुका साथै माछापुच्छ्रे बैक लगायतका संस्थाहरुमा २० बर्ष भन्दा बढीको अनुभव रहेको छ ।

प्रकाशित : २ माघ २०७८, आईतवार २१:५८