काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।
Comment