बतास ग्रुप सम्बन्धमा महासंघले मुख खोल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बतास ग्रुप सम्बन्धमा महासंघले मुख खोल्यो



काठमाडौं । नेपाल उद्योग वाणिज्य संघले अहिले बतास समूहमाथी एकतर्फी चरित्र हत्या र मानमर्दन गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो ।

संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमासहभागि भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रुपमा निजि क्षेत्रले व्यवसाय गर्न खोज्नु गैर कानुनी र अपराधिक गतिविधि नभएको महासंघ ध्यानाकर्षण गराउन चाहन्छ ।’

त्यस्तै, प्रक्रिया र कानुन विपरित भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै अन्यायका रुपमा नलिने तर त्यसको सत्यतथ्य खोजी हुनु पर्नेमा जोड दिदै संञ्चार माध्यममा आएका समाचारकै भरमा स्पष्टिकरणको मौका समेत नदिई निर्माणाधिन संरचना भत्काइनु कदापी न्याय संगत नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फ रुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेको गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भिर असर पर्न जान्छ भन्दै संघले चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित : १ माघ २०७८, शनिबार ०८:१३