प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित,यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित,यस्तो छ कारण



काठमाडौँ । प्रोग्रेशिभ फाइनान्सको पुस ३० गतेका लागि तय गरिएको २५औँ वार्षिक साधारण सभा स्थगित भएको छ ।

सञ्चालक समितिको सोमबार बसेको बैठकले कोरोना संक्रमण बढ्दो क्रममा रहेको र राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजन पछिको खुद नाफामा परिवर्तन हुन सक्ने अवस्था सिर्जना भएकाले साधारण सभा स्थगित गर्ने निर्णय गरेको कम्पनी सचिव विशाल हुमागाईँले जनाएका छन् ।

अर्को सूचना नभएसम्मका लागि साधारण सभा स्थगित भएको र बुक क्लोजको मिति साबिककै कायम रहने सञ्चालक समितिले निर्णय गरेको छ ।

प्रकाशित : २७ पुष २०७८, मंगलवार १३:३७