सहकारी बैंकको साधारणसभामा को को भए सम्मानित ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी बैंकको साधारणसभामा को को भए सम्मानित ?



काठमाडाैं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभाको एकाई ९३० अन्तर्गत बागमती प्रदेशस्तरीय सभामा विभिन्न व्यक्तिहरु बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले उक्त पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई सहकारी अभियन्ता सम्मान गरेको छ । बैंकका पुर्व लेखा समिति संयोजक कुलचन्द्र अधिकारीलाई पूर्व सञ्चालक सम्मान र डा.रमेश चौलागाई सहकारी बैंक विद्वता सम्मानबाट सम्मान गरेको हो । त्यसैगरी खेमराज पाण्डेय संस्थापक अध्यक्ष सम्मानबाट सम्मानीत भएका छन् ।


त्यस्तै बैंकको लगनखेल शाखा उत्कृष्ट शाखाबाट पुरस्कृत भएको छ भने सूर्यविनायक शाखा प्रमुख दिनेश गेलालले उत्कृष्ट शाखा प्रमुखबाट पुरस्कृत भएका छन् । त्यसैगरी श्रवणकुमार नेवा खड्गी उत्कृष्ट सहायकस्तर कर्मचारी र नीर कुमार क्षेत्री उत्कृष्ट सहयोगी कर्मचारी घोषित भएका छन् । सहकारी बैंकले देशभरका सहकारीहरु मध्ये विभिन्न बिधामा उत्कृष्ट जिल्ला संघ तथा संस्थाहरुलाई पुरस्कार प्रदान गरेको छ ।

प्रकाशित : २५ पुष २०७८, आईतवार १०:३२