घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको एकिकृत कारोबार पुस ३० गतेबाट हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको एकिकृत कारोबार पुस ३० गतेबाट हुँने



काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रकृया सम्पन्न गरी पुस ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छन् । यी दुई कम्पनीविच २०७७ कात्तिक २१ गते मर्जर प्रकृयामा जाने प्रारम्भिक सम्झौता भएको थियो ।

घोडीघोडा लघुवित्तका १०० कित्ता शेयर बरावर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनी मर्र्जरमा गएका हुन । घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्बसाधारणमा शेयर जारी गरेको छैन् । मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको शेयर कारोबार २०७७ साल कात्तिक २३ गते देखि रोक्का रहेको छ ।

घोडीघोडा लघुवित्तको असोज १६ गते र युनिक नेपाल लघुवित्तको असोज ८ गते सम्पन विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस २० गते स्वीकृति पाएसँगै यी कम्पनीहरुले एकिकृत कारोबारको मिति तय गरेका हुन् ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागिएको जानकारी कम्पनीहरुले दिएका छन् । मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोड, बाँकेमानै रहनेछ । एकिकृत कारोबार सुरु हुने दिन दुबै कम्पनीको सम्पूर्ण कार्यालयहरुमा कार्य सञ्चालन नहुने कम्पनीहरुको भनाई छ ।

प्रकाशित : २१ पुष २०७८, बुधबार ११:२८