६ वर्षदेखि बन्द नेपाल औषधी लिमिटेड पुन संचालनमा ल्याउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ वर्षदेखि बन्द नेपाल औषधी लिमिटेड पुन संचालनमा ल्याउने तयारी



ausadhiकाठमाडौं, ३ असोज । सरकारले ६ वर्षदेखि बन्द नेपाल औषधी लिमिटेड पुन संचालनमा ल्याउने भएको छ । उद्योग मन्त्रलायको प्रस्तावमा आइतबार बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको हो ।

नेपाल औषधी लिमिटेडलाई अन्तर्राष्ट्रिय मापदण्ड (डब्लुएचओजिएमपी) अनुसार संचालन गर्नका लागि हाललाई सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप लगानी गर्ने भएको छ । पहिलो चरणमा सो उद्योगले सरकारले अत्यावश्यकीय सूचिमा राखेका ४८ प्रकारका औषधीहरु उत्पादन गर्ने छ ।

सो उद्योगबाट उत्पादित औषधी स्वयम सरकारले खरिद गर्ने भएकाले बजारको समस्या नरहने र ऋण पनि समयमै तिर्न सकिने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।

२०६० साल सम्म १२० प्रकारका औषधीहरु उत्पादन गर्दै आएको सो उद्योग २०६७ साल देखि पूर्ण रुपमा बन्द थियो ।  सरकारले उपलब्ध गराउने ऋण रकम कम्पनीको अन्तर्राष्ट्रिय भौतिक संरचना एवं मेसिन, उपकारण खरिद गर्ने कार्यमा खर्च गरिने छ ।

उद्योगलाई खुला प्रतिस्पर्धाबाट विज्ञहरुको छनौट गरि निश्चित अवधी तोकी व्यवस्थापन करार मार्फत सांलन गरिने छ ।

प्रकाशित : ३ आश्विन २०७३, सोमबार ०८:२९