लघुवित्त सम्बन्धी एकिकृत निर्देशन २०७७ संशोधन, के के छन् नयाँ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त सम्बन्धी एकिकृत निर्देशन २०७७ संशोधन, के के छन् नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन, २०७७ संशोधन गरेको छ । राष्ट्र बैंकले सोमबार पुरानो निर्देशन संशोधन गरिएकोबारे जानकारी दिएको हो ।

संशोधित नयाँ व्यवस्था अनुसार ‘क्रस होल्डिङ’ हुने गरि लगानी गरेको संस्थापक समूहको शेयर सम्बन्धमा राष्ट्र बैंकले भनेको छ– इजाजतप्राप्त क, ख र ग वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरुबीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्दछ ।

प्रकाशित : १९ पुष २०७८, सोमबार २०:४७