कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच आन्तरिक विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच आन्तरिक विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौंता पश्चात अव कृषि विकास बैंक लिमिटेड ADBL Remit मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपाल भरि छरिएर रहेका सात हजार भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार १५:३५ 28 December, 2021 3:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।