आईएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम दिएको छ । कम्पनीले लुम्बीनी, कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम मिति पौष ७ देखि ९ गते सम्म सुर्खेतमा प्रदान गरि सम्पन्न गरेको हो । 

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाईन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, बित्तिय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाँय आदि विषयमा अन्डरराईटिङ्ग प्रमुख सुदिप राणा बाट विस्तृत जानकारी दिएका थिए । 

प्रकाशित : १३ पुष २०७८, मंगलवार १५:३१