रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार



खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भएको छ । रावाबेँसी गाउँपालिका-१ कुभिन्डेको हरमटारमा बैंकको २५७औँ शाखा विस्तार भएकाे हाे । मंगलबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् । 

आर्थिक कारोबारका लागि दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले गरेको आग्रहअनुसार कुभिन्डेको हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय विस्तार गरिएको हो । रावाबेँसी शाखासहित खोटाङमा मात्र राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या पाँच पुगेको छ । यसअघि दिक्तेल, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना भइसकेको छ ।

प्रकाशित : ६ पुष २०७८, मंगलवार १७:१७