२७ वर्षपछि प्रोग्रेशिभ फाइनान्सले गर्यो लाभांश घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२७ वर्षपछि प्रोग्रेशिभ फाइनान्सले गर्यो लाभांश घाेषणा



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले २७ वर्षपछि लाभांश घाेषणा गरेकाे छ । पछिल्लो २७ वर्षदेखि यता लाभांश घोषणा नगरेको फाइनान्सले एकैपटक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत २०५१ सालमा स्थापना भएको संस्थाले हालसम्म सेयरधनीलाई लाभांश खुवाउन सकेको थिएन । संस्थाले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रकाशित : २ पुष २०७८, शुक्रबार १६:३३