नेपाल हाइड्रोले सात प्रतिशत बोनस सेयर दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल हाइड्रोले सात प्रतिशत बोनस सेयर दिने घोषणा



काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सात प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । 

यसअनुसार कम्पनीले दुई करोड नौ लाख ३० हजार रुपैयाँ बराबरको रकम बोनसमा खर्च गर्नेछ । यस्तै, ११ लाख एक हजार ५७८ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ । 

प्रकाशित : २ पुष २०७८, शुक्रबार १६:२२