कृषि विकास बैंकको लाभांश घोषणा, बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस कति ?



काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको पुस १ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।

यस्तै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । सरकारले लगानी गरेको करिब साँढे पाँच अर्बको लगानीबाट हरेक वर्ष ६ प्रतिशत लाभांश लैजाने गरेको छ ।

प्रकाशित : २ पुष २०७८, शुक्रबार १०:३०