काठमाडौं । काठमाडौंको भृकुटीमन्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खर्बपति विनोद चौधरी धेरैको रोजाइमा परेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यका लागि मधेशी कोटाबाट निर्वाचनमा उठेका उनी भोट माग्न मात्रै व्यस्त छैनन् शुभेच्छुकहरुसँग सेल्फी खिच्न उस्तै ब्यस्त छन् ।
प्रतिनिधिहरुको भीडसँग भोट मागिरहेका उनी सेल्फी र फोटो खिच्नेसँग समय दिइरहेका भेटिन्छन् ।
विश्वभर फैलिएको व्यवसायमा सम्हाल्न व्यस्त रहने चौधरीले सर्वसाधारणसँग भोट माग्दा सबैको ध्यान केन्द्रीत भएको छ ।
चौधरी हात जोडेर भोट मागिरहे पनि महाधिवेशन प्रतिनिधिहरु चाहीं सेल्फी खिच्न झुम्मिने गरेका छन् ।
कांग्रेसको सबै तहका अधिवेशनहरुमा सक्रिय सहभागिता जनाएका चौधरी व्यवसायबाट अब राजनीतिमा बढी सक्रिय भइरहेका छन् ।
शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीको चर्चामा समेत रहेका उनी कांग्रेसले सञ्चालन गरेको ‘गरिखाने अभियान’ का संयोजक समेत हुन् । गरिखाने अभियान कांग्रेसका युवाहरुलाई उद्यमशील बनाउने कार्यक्रम हो।
मत माग्दै गरेको तस्वीर सामाजिक संजालमा राख्दै आएका चौधरी यो ठिहिर्याउने चिसोमा तातो ऊर्जाका साथ मतदानमा दत्तचित्त भएर लागिरहनुभएका प्रतिनिधिहरू देखेर उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
यस्तो ऊर्जाले सक्षम नेतृत्वको तृष्णा मेटाउने बताएका उनले पार्टीको रुपान्तरणका ऊर्जा सधैं कायम रहनु पर्ने बताएका छन् ।
13 December, 2021 9:15 pm









Comment