इष्टर्न हाइड्रोले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न माग्यो अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इष्टर्न हाइड्रोले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न माग्यो अनुमति




काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत मंसिर २४ गते निवेदन दिएको हो ।

कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाट क्षमताको पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार २०:५५