मेगा ड्रिम बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा महाशंकर रेग्मी निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेगा ड्रिम बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा महाशंकर रेग्मी निर्वाचित




काठमाडौं ।बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा महाशंकर रेग्मी निर्वाचित भएकाछन्। संस्थाको शनिबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले महाशंकर रेग्मीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको हो । रेग्मी यस अघि सचिव थिए।

चार वर्षको लागि निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा बासुदेव भट्ट, सचिवमा इन्द्रप्रसाद गेलाल र कोषाध्यक्षमा रविनकुमार कार्की रहेकाछन्। सदस्यहरुमा शेखर बस्नेत, राजकुमार श्रेष्ठ र सरदकुमार अधिकारी रहेकाछन्।

त्यस्तै साधारण सभाले लेखा समितिको संयोजकमा उमाकान्त न्यौपाने निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रकाश घिमिरे र शुभद्रा चौलागाई निर्वाचित भए।

निर्वाचित सञ्चालक समिति र लेखा समितिलाई आजै पद तथा गोपनियताको शपथ ग्रहण गराईएको छ ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार १७:५५