प्रभु बैंकले १८ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

प्रभु बैंकले १८ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा भौेतिक तथा भर्चुअल दुबै माध्यमबाट आयोजना हुनेछ ।

सभामा बैंकको हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, अन्य बैंकसँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

सभा प्रयोजनका लागि बैंकले ४ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, अनुसार १ पुससम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधीले लाभांश पाउन तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार ११:२९ 10 December, 2021 11:29 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।