ग्लोबल आईएमई बैक गाईघाट शाखाकाे ग्राहकलाई डिजिटल बैंकिङ अनुशिक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आईएमई बैक गाईघाट शाखाकाे ग्राहकलाई डिजिटल बैंकिङ अनुशिक्षण



उदयपुर। ग्लोबल आईएमई बैक गाईघाट शाखाले आफना ग्राहकहरूलाई बितीय साक्षरता तथा डिजीटल बैंकिङसम्बन्धी अनुशिक्षण दिएका छन । बिहीबार होटल टाउन हलमा आयोजित अनुशिक्षणमा सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारकाबारेमा जानकारी गराइएको हाे ।

ग्लोबल आईएमई बैकले आफ्नो ग्लोबल एप्सकाेबारेमा जानकारी दिएकाे हाे । डिजिटल कारोबार गर्दा के-के कुरामा ध्यान दिन पर्ने हो, के-के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराएका थिए । मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरेको छ । 

त्यसैगरी मोबाइल बैकिङ कारोबारबाट एक पटकमा एक लाख, दैनिक दुई लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र कारोबार हुने जानकारी दिइएकाे छ । इन्टरनेट बैंकिङबाट एक पटकमा १० लाख, दैनिक २० लाख र महिनामा ५० लाखको कारोबार गर्न सकिनेछ

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार ११:२६