लाभांश प्रस्ताव पारित गर्न एनएमबी लघुवित्तले २६ पुसमा बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

लाभांश प्रस्ताव पारित गर्न एनएमबी लघुवित्तले २६ पुसमा बोलायो साधारणसभा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २६ पुसमा साधारणसभा बोलाएको छ।

लघुवित्तले होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, अन्य लघुवित्तसँगै मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले ९-२६ पुससम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ,  ८ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार ११:२३ 10 December, 2021 11:23 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।