राष्ट्र बैंकले दियो पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले दियो पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्ने अनुमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बिमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक निकाय बिमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको हो । 

अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेस हुनेछ । सभाले पारित गरेपछि सेयरधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल पुनर्बिमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस र करसमेत गरी दुई दशमलव ५० प्रतिशत नगद लाभांश दिन लागेको छ। 

प्रकाशित : 8 December, 2021 1:32 pm