विराटनगर र पर्वतको विभिन्न स्थानमा युवासँग महालक्ष्मी लाइफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विराटनगर र पर्वतको विभिन्न स्थानमा युवासँग महालक्ष्मी लाइफ



काठमाडौँ । युवा र विद्यार्थीलाई बिमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा युवासँग ‘महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ ।

विराटनगरको इर्डन वर्ग कलेजमा सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति जनाएका थिए ।

क्याम्पस प्रमुख दीपेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले प्रशिक्षण दिएका हुन ।

अभियानका जिल्ला अध्यक्ष खड्क नारायण उडावले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य सरोज पौडेल र जिल्ला सदस्य हरुको उपस्थिति थियो ।

त्यसै गरी मङ्सिर १४ देखि १७ गते सम्म पर्वत जिल्लाको सदरमुकाम र ग्रामीण भेगमा पनि युवासँग९ महालक्ष्मी लाइफ कार्यक्रम सञ्चालन भएको थियो ।

गुप्तेश्वर बहुमुखी क्याम्पस कुस्मा, जनज्योति माध्यमिक विद्यालय ठाना मौला फलेवास, पर्वत बहुमुखी क्याम्पस देवीस्थान फलेवास, मोदी पुस्तकालय देविस्थान फलेवास, भवानी विद्यापीठ फलेवास र युवा क्लब लिमिठाना फलेवासमा बिमा जागरण कार्यक्रम गरिसकेको छ ।

उक्त सबै कार्यक्रमहरू क्याम्पस प्रमुख र क्लब अध्यक्षको अध्यक्षता भएको तथा उक्त बिमा जागरण कार्यक्रममा ३० देखि ६० जनाको उपस्थिति थियो ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १२:५९