के.एफ.सी.को तेह्रौ शाखा हेटौडामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

के.एफ.सी.को तेह्रौ शाखा हेटौडामा



काठमाडाैं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा तेह्रौ शाखा बिस्तार गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

के.एफ.सी.ले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । के.एफ.सी.का कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् ।

हरेक गा्रहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८ः३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १२:४९