दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज (मंसिर २२ गते, बुधबार) विभिन्न दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आइसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका हो ।

दुवै कम्पनीहरुले लाभांश तथा सधारण सभा प्रयोजनार्थ मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेप्सेमा कोरोबार भई कायम भएका शेयरधनीहरुले मात्रै दुबै कम्पनीको लाभांश तथा साधारण सभामा भाग लिन पाउनेछन् ।

आईसीएफसी फाइनान्सले १८ औँ वार्षिक साधारण सभा पौष ५ गते बिहान १० बजे काठमाडौंमा बोलाएको छ । सभामा फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, स्वाभिमान लघुवित्तले आफ्नो वार्षिक साधारण सभा पौष ८ गते बोलाएको छ । लघुवित्तको साभाले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.७० प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १०:४४