फरवार्ड माइक्रोफाइनान्सले गर्‍याे ४२ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फरवार्ड माइक्रोफाइनान्सले गर्‍याे ४२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ सम्मकाे संचित नाफाबाट ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशतले हुन आउने चार करोड ३७ लाख ८६ हजार ३४७.५० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको सञ्चालन समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । 
 

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १०:४१