मनकामना स्मार्ट लघुवित्त वित्तीयको लाभांश स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मनकामना स्मार्ट लघुवित्त वित्तीयको लाभांश स्वीकृत



काठमाडाैं । नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाको लाभांश स्वीकृत गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि बितरण गर्ने गरि नेपाल राष्ट्र बैंकले कम्पनीको लाभांश स्वीकृत गरेको हो । 

लघुवित्तको कात्तिक १६ गते बसेको ६६ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  

स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ । 

प्रकाशित : २१ मंसिर २०७८, मंगलवार १५:१४