नयाँ सारथी लघुवित्तको सञ्चालकमा शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नयाँ सारथी लघुवित्तको सञ्चालकमा शर्मा



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम चयन भएकी छन् । कम्पनीको २८औं सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको नियुक्ति गरेको हाे ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत लगानीकर्तालाई उक्त जानकारी दिएको हो । काभ्रेको धुलिखेमा प्रधान कार्यालय रहेको कम्पनी नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्तको कारोबार गर्नका लागि स्वीकृत प्राप्त संस्था हो ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलवार १२:०७