नेप्सेमा हरियाली, कारोबार रकम भने बढेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेमा हरियाली, कारोबार रकम भने बढेन



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ३२ अंकले बढेको छ । लगातारको गिरावट पछि आज भने सेयर बजारमा हरियाली देखिएकाे हाे । आज नेप्से ३२.२२ अंकले बढेर दुई हजार ५ सय ४६ दशमलब ०९ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज ४ अर्ब ५४ करोड २३ लाख बराबरको कारोबार भएको छ ।

कूल २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।

प्रकाशित : 6 December, 2021 3:29 pm