रिलायन्स लाइफले ११ पुसमा बोलायो साधारण सभा, एस्तो छ मूख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायन्स लाइफले ११ पुसमा बोलायो साधारण सभा, एस्तो छ मूख्य एजेण्डा



काठमाडौं । रिलायन्स लाइफ इन्स्याेरेन्सले ११ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेका लागि आर्थिक वर्ष २०७६/०७७ को साधारणसभा आह्वान गरेको हो । 

सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको पाँच दशमलव २६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले २६ मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार, २५ मंसिरसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १९ मंसिर २०७८, आईतवार ११:०८