काठमाडौ। सानीमा बैंकले १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको वैठकले गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिने निर्णय गरेको हो ।
साथै बैंकले कर प्रयोजनाका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर आगामी साधारणसभाबाट पारित गरि लाभांश वितरण गर्ने छ ।
चार अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर दिएपछि चुक्ता पुँजी पाँच अर्ब २७ करोड रुपैयाँ पुग्ने छ ।
Comment