सिद्धार्थ म्युचुअल फण्डले शेयरधनीकै बैंक खातामा लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ म्युचुअल फण्डले शेयरधनीकै बैंक खातामा लाभांश दिने



काठमाडौं, २२ भदौ  । सिद्धार्थ म्युचुअल फण्डले लगानीकर्ताको बैंक खातामा नै नगद लाभांश जम्मा गरिदिने भएको छ । फण्डद्धारा सञ्चालित सिद्धार्थ लगानी बृद्धि योजना-१ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएका हुन् । siddartha

फण्डले भदौ २१ गते मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै नगद लाभांशका लागि असोज ४ गते भित्र बैंक खाता उपलब्ध गराउन लगानी कर्तालाई आग्रह गरेको छ । यसरी लगानीकर्ताको खातामा रकम जम्मा गर्नेमा सिद्धार्थ म्युचुअल फण्ड पहिलो कम्पनी बन्ने भएको छ ।

सिद्धार्थ लगानी बृद्धि योजना-१ ले लगानीकर्तालाई ३० प्रतिशत र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले १६ प्रतिशत लाभांश दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले लाभांश दिँदा सेयर र इकाईधनीको बैंक खातामा जम्मा गर्न निर्देशन दिएपछि सिद्धार्थ क्यापिटलले पहिलो पटक कार्यान्वयनमा ल्याएको हो । यसअघि लाभांश लिन सम्बन्धित कम्पनीको मर्चेन्ट बैंकरकहाँ लगानीकर्ता स्वयं धाउनु पथ्र्यो

 यी दुबै योजनाको आउँदो शुक्रबार खाता बन्द हुनेछ । बिहिबारसम्म कायम इकाईधनीले प्रतिफल लिन आफ्नो विवरण दिन सक्नेछन् ।

प्रकाशित : २२ भाद्र २०७३, बुधबार ०२:४७