विन्ध्यावासिनी हाइड्रोपावरको साधारणसभा २ पुसमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विन्ध्यावासिनी हाइड्रोपावरको साधारणसभा २ पुसमा



काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे आफ्नै कार्यालय बानेश्वरमा सभा आह्वान गरेको हो । 

बैंकका अनुसार सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्न १ माघ २०७६ मा आईपिओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्ने सेयरमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकी १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । कम्पनीले सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ‘ए आयोजनाको निर्माण सकिसकेको छ । त्यस्तै, लमजुङमा ६.६ मेगावाटको रुदीखोला ‘बी’ आयोजनाको निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । 

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १५:०१